आवेदकविभागहरू÷क्याम्पसहरू तथा विभाग÷कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत प्रवेश परीक्षा मिति २०७९ साल माघ २८ गते शनिबार निर्धारण गरिएकामा सोही दिन लोक सेवा आयोगको शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षा पर्न गएको हुँदा सम्बन्धित क्याम्पस तथा विद्यार्थीहरूबाट उक्त मिति पुनरावलोकन गरिदिन माग भए बमोजिम देहाय अनुसार प्रवेश परीक्षाको मिति पुनः संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी अन्य विस्तृत विवरण यस सङ्कायको वेवसाइटबाट प्राप्त गर्न सकिने छ ।
आवेदकहरूद्वारा भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको केन्द्रीय विभाग÷क्याम्पस÷कार्यक्रमको नाम उल्लेख गरी entrance.tufohss.edu.np मार्पmत अनलाइन आवेदन फाराम भर्न सकिने छ । म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही हुने छैन । यस सम्बन्धी अन्य विस्तृत विवरण यस सङ्कायको वेवसाइटबाट प्राप्त गर्न सकिने छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२२ (२०७८÷०७९) को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय
आवेदनका लागि न्यूनतम योग्यताः
नियमित कार्यक्रमको २०७९ साल पौष ०५ गतेदेखि माघ १० गते रातको १२ः०० बजेसम्म । त्रि.वि. वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका एवम् सम्बन्धित विषय समितिले निर्धारण गरेका अन्य मापदण्डहरू पूरा गरेका परीक्षार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्ने छन् । विद्यार्थीहरूले भर्ना गर्दा स्नातक तह उत्तीर्णका साथै अन्य आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने छ ।
आवेदन फाराम भर्ने समयावधिः
२०७९ साल माघ २४ गते रातको १२ः०० बजेसम्म ।
विलम्ब शुल्कमा आवेदन फाराम भर्ने समयावधि ः
२०७९ साल माघ २५ गतेदेखि २६ गते रातको १२ः०० बजेसम्म ।
आवेदन दस्तुरः
रू. १५००÷– र विलम्ब दस्तुर रू. ३०००÷– (आवेदकहरूले Online मार्फत e-Sewa अथवा Khalti बाट आवेदन दस्तुर जम्मा गर्नु पर्ने छ र जम्मा भएको दस्तुर फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ) ।
प्रवेश परीक्षा मितिः
नियमित कार्यक्रम तथा आन्तरिक स्रोतबाट सञ्चालित अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA)
कार्यक्रमहरूको देहाय बमोजिम निर्धारण गरिएको छ ः–
Master's Degree - MA Programme : Regular Programme
2079-10-29 (From 1: 00 PM)
Anthropology, Buddhist Studies, Economics, English, Fine Arts, Dance, Nepalese History Culture and Archeology (NeHCA), Geography, Hindi, History, Journalism and Mass Communication, Home Science, Library Science, Linguistics, Maithili, Nepalbhasha, Nepali, Political Science, Population Studies, Psychology, Rural Development, Sanskrit and Sociology
Post Graduate Diploma Programme: Self-sustainable Programme
(आन्तरिक स्रोतबाट सञ्चालित अधिस्नातक (PGD) कार्यक्रमहरू)
2079-10-29 (From 3: 00 PM)
Counseling Psychology, Dietetics and Public Health Nutrition, School Counseling, Women Studies and Yoga Science
Master's Degree- MA Programme : Self-sustainable Programme
(आन्तरिक स्रोतबाट सञ्चालित स्नातकोत्तर कार्यक्रमहरू)
2079-11-01 (From 1: 00 PM)
International Relations and Diplomacy (IRD), Conflict Peace and Development Studies (CPDS), Social Work (MSW) and Sports Science
2079-11-02 (From 1: 00 PM)
Labour Studies, Counseling Psychology, Governance and Anti-corruption Studies, Gender Studies, Tourism and Hospitality Management Studies, Crisis Management Studies and
Yogic Science
परीक्षा समयः
स्नातकोत्तर (MA) तहको दिउँसो १ः०० बजेदेखि तथा अधिस्नातक (PGD) तहको दिउँसो ३ः०० बजेदेखि ।
प्रवेश परीक्षाको अङ्कभार १०० पूर्णाङ्कको हुने छ जसमा स्नातक तहको सम्बन्धित विषयको पाठ्यक्रमका आधारमा
वहुवैकल्पिक प्रश्नहरू ५० वटा सोधिने छ । उक्त परीक्षाको उत्तीर्णाङ्कक ४० प्रतिशत हुने छ । आन्तरिक स्रोतबाट
सञ्चालित स्नातकोत्तर कार्यक्रमहरूको भने सम्बन्धित विषय समितिले निर्धारण गरे बमोजिम हुने छ ।
प्रवेश परीक्षाको नतिजा प्रकाशनः
नियमित कार्यक्रमहरूको २०७९ साल फागुन ०४ गते र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरूको २०७९ साल फागुन ०५ गते ।
विद्यार्थी भर्ना ः
नियमित कार्यक्रमको २०७९ साल फागुन ०५ गतेदेखि १५ गतेसम्म र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरूको २०७९ साल फागुन ०८ गतेदेखि १५ गतेसम्म ।
कक्षा सञ्चालनः
२०७९ साल फागुन १६ गतेदेखि ।
परीक्षा केन्द्र सम्बन्धी सूचना यस सङ्कायको website: www.tufohss.edu.np मा पछि प्रकाशित गरिने छ ।