Sn | Level | Open Date | Close Date | View Notice |
---|---|---|---|---|
1 | Bachelor Level | 2022-12-28 | 2022-12-28 | |
2 | Post Graduate Diploma (PGD) | 2022-12-24 | 2023-02-07 | |
3 | Master Level | 2022-12-20 | 2023-02-07 | View |
त्रभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक
वर्ष २०२२ (२०७८÷०७९) को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय विभागहरू÷क्याम्पसहरू तथा
विभाग÷कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवेदकहरूद्वारा भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको केन्द्रीय विभाग÷क्याम्पस÷कार्यक्रमको नाम उल्लेख गरी
यस सङ्कायको वेवसाइट www.tufohss.edu.np मा अङ्कित entrance.tufohss.edu.np मार्पmत अनलाइन आवेदन फाराम
भर्न सकिने छ । म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही हुने छैन । यस सम्बन्धी
अन्य विस्तृत विवरण यस सङ्कायको वेवसाइटबाट प्राप्त गर्न सकिने छ ।
आवेदन फाराम भर्ने समयावधिः
२०७९ साल पौष ०५ गतेदेखि माघ १० गतेरातको १२ः०० बजेसम्म ।
विलम्ब शुल्कमा आवेदन फाराम भर्ने समयावधि ः
२०७९ साल माघ ११ गतेदेखि १७ गतेरातको १२ः०० बजेसम्म ।
आवेदन दस्तुरः
रू. १५००÷– र विलम्ब दस्तुर रू. ३०००÷– (आवेदकहरूले डीन कार्यालयको खाता नं.
०४५००१०००९९०४५०००००१ मा इलष्लिभ मार्फत आवेदन दस्तुर जम्मा गर्नु पर्ने छ र जम्मा भएको दस्तुर फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ)
प्रवेश परीक्षा मितिः
नियमित कार्यक्रम तथा आन्तरिक स्रोतबाट सञ्चालित अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA)
कार्यक्रमहरूको देहाय बमोजिम निर्धारण गरिएको छ ः–
परीक्षा समयः
दिउँसो १ः०० बजेदेखि २ः०० वा ३ः०० बजेसम्म ।
प्रवेश परीक्षाको अङ्कभार १०० पूर्णाङ्कको हुने छ जसमा स्नातक तहको सम्बन्धित विषयको पाठ्यक्रमका आधारमा
वहुवैकल्पिक प्रश्नहरू ५० वटा सोधिने छ । उक्त परीक्षाको उत्तीर्णाङ्कक ४० प्रतिशत हुने छ । आन्तरिक स्रोतबाट
सञ्चालित स्नातकोत्तर कार्यक्रमहरूको भने सम्बन्धित विषय समितिले निर्धारण गरे बमोजिम हुने छ ।
प्रवेश परीक्षाको नतिजा प्रकाशनः
नियमित कार्यक्रमहरूको २०७९ साल माघ २४ गतेर आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरूको २०७९ साल फागुन ०१ गते ।
विद्यार्थी भर्ना ः
नियमित कार्यक्रमको २०७९ साल माघ २५ गतेदेखि फागुन ०८ गतेसम्म र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरूको २०७९ साल फागुन ०२ गतेदेखि ०८ गतेसम्म ।
कक्षा सञ्चालनः
२०७९ साल फागुन १० गतेदेखि ।
परीक्षा केन्द्र सम्बन्धी सूचना यस सङ्कायको website: www.tufohss.edu.np मा पछि प्रकाशित गरिने छ ।